सिसिएसद्धारा पीसीआर मेसिन स्थापनाका लागि एक लाख ११ हजार सहयोग

धनगढी, १३ असार ।
सृजनशिल समाजको सृजना ( सिसिएस) ले डडेल्धुरामा पीसीआर मेसिन स्थापना अभियानमा एक लाख ११ हजार एक सय ११ रुपैया सहयोग गरेको छ ।

डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि ह्युमानिटी फाउण्डेसन नेपाल, सुदूर पश्चिम समाज अमेरिकाद्धारा जारी अभियानमा सिसिएसका तर्फबाट अध्यक्ष प्रकाश बिष्टले आज एक लाख ११ हजार एक सय ११ रुपैयाको चेक ह्युमानिटी फाउण्डेसनका संस्थापक श्याम तायललाई हस्तान्तरण गरे ।

पीसीआर मेसिनको अभावमा कोरोनाको परीक्षणबाट बञ्चित सुदूरपश्चिमका ७ वटा पहाडी जिल्लाका बासिन्दालाई डडेल्धुरामा पीसीआर मेसिन स्थापनाले सुबिधा हुने भएकोले सिसिएसका तर्फबाट सहयोग गरेको अध्यक्ष बिष्टले बताए ।

हस्तान्तरण कार्यक्रममा ह्युमानिटी फाउण्डेसनका संस्थापक सदस्य पुष्कर ओझा,  सीसीएसका महासचिव गणेशदेव पार्की, कोषाध्यक्ष हीरा भण्डारी, सदस्यहरु उर्मिला पन्त लगायतको  उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *