धनगढी, २१ चैत ।
कोरोना संक्रमणको रोकथाम एवं गरीव तथा ज्यालादारी गरी जीविका चलाउने मजदुरहरुको लागि सिर्जनशिल समाजको सृजना (सिसिएस) ले राहत सामग्री सहितका सामग्री सहयोग गरेको छ ।
सिसिएसले आज धनगढी उपमहानगरपालिकालाई २५ कट्टा चामल, २ सय किलो दाल, २५ पेटी सन फ्लाव तेल, २० पाकेट सोयावीन, ५ कट्टा आयोडिन र ३ थान पर्सनल प्रोटेक्टिभ ईक्युप्मेण्ट (पीपीई) प्रदान गरेको हो ।
सिसिएसका अध्यक्ष प्रकाश सिंह बिष्ट सहितको टोलीले आज ती सामग्रीहरु धनगढी उपमहानरपालिकाका मेयर नृप बहादुर वडलाई हस्तान्तरण गरे ।
सिसिएसका अध्यक्ष बिष्टले कोरोनाको संक्रमण रोकथाम र गरीव एवं मजदुरहरुको राहतका लागि संस्थाका तर्फबाट सहयोग गरिएको बताए ।